कैलालीमा लागुऔषध (खैरो हिरोइन)सहित एक जना पक्राउ

कैलालीमा लागुऔषध (खैरो हिरोइन)सहित एक जना पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९  पूर्वीफाँटाका २५ वर्षिय सागर कडारा ९४० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्।

उनलाई टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला चेक पोष्टाबाट प्रहरीले पक्राउ गरेको हो। भारतबाट लागुऔषध खैरोहिरोइन नेपाल ल्याउदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

साथै कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ त्रिनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ का १७ वर्षिय युवक चार सय ९० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्

उनको साथबाट त्रिनगर प्रहरीले ब्राउन सुगर फेला पारेको हो

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्