आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने

Samsad Bhawan

संघीय संसदका दुबै सदनमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि छलफल गर्न आज दुबै सदनको बैठक बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०÷०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बजेटमाथि सांसदहरुले राय राखेपछि पारित गर्ने प्रक्रिया अघि बढनेछ ।

यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।।

प्रतिक्रिया दिनुहोस्