पक्की दुई तले आफ्नै घरमा एक पुरुषले आगो लगाए

धनगढीमा एक पुरुषले आफ्नै घरमा आगो लगाएका छन् ।

धनगढी उपमहानगरपालिका–३ बोराडाडी डिलासैनी टोलका ५२ वर्षीय बिरबहादुर विष्टले आफ्नै घरमा आगो लगाएका हुन् । उनले मादक पदार्थ सेवन गरि दुई तले पक्की घरमा शुक्रवार राति आगो लगाएका थिए। आगो लगाउदा कोठा भित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा राति नै आगो पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छ।

आगो लगाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्