प्रेमीले बिहे गर्न नमानेपछि हातमा मुड अफ लेखेर युवतिले गरिन आत्महत्या

घटना भारतको पिलुआ क्षेत्र  नगला दीप गांउको हो

युवती एक युवकसँग प्रेममा थिइन् । उनी प्रेमीसँग बिहे गर्न चाहन्थिन् । यस विवाहका लागि उनले परिवारका सदस्यलाई पनि मनाएकी थिइन तर प्रेमकथाको ६ महिनापछि प्रेमीले विवाह गर्न मानेनन् ।

उत्तर प्रदेशको एउटा जिल्लामा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । परिवारका सदस्यले कोठामा हेरेपछि छोरीको शव देखेर आत्तिएका थिए । परिवारका सदस्यले प्रहरीलाई सूचनादिए पछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलको निरीक्षण पछि युवतीको हातमा मुड अफ भएको लेखिएको थियो र आत्महत्या गर्नुको कारण प्रशान्त हो भनेर हातमा लेखिएको थियो।

पिलुआ क्षेत्रको नगलादीप गाउँका राजु उर्फ ​​राजकुमारकी २० वर्षीया छोरी राधाले शुक्रबार राति घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । ती युवती प्रशान्त नामका युवकसँग प्रेममा रहेको बताइएको छ । उनी पनि प्रेमीसँग बिहे गर्न चाहन्थिन् तर यो कुरा प्रशान्तले बिहे गर्न मानेनन् । प्रशान्तको इन्कारले उनी निकै दुखित भइन् र आत्महत्या गरिन।

युवतिको घरका मान्छेको भनाई अनुसार प्रेमी युवकको घरकाले युवति संग बिहे गरेवापत दाइजो मागेका थि,ए दाइजोको १० लाख माग पूरा गर्न नसकेपछि युवतीका बुबाले युवकका परिवारलाई विवाह गर्न अस्वीकार गर्न आग्रह गरेका थिए। बालिकाका बुवाले दिएको बयानका आधारमा प्रहरीले यस विषयमा अनुसन्धान गर्न थालेको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्