राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएको आरोपमा दुई जना पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएको आरोपमा प्रहरीले कंचनपुर बाट दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिरमा जुत्ता हानेको र माला झुण्याएको आरोपमा बिहीबार प्रहरीले राप्रपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको हो। राप्रपा कंचनपुरका जिल्ला समिती सदस्य जयकिसन बोहरा र भीमदत्त नगर सचिव किसन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई घरबाट प्रहरीले गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो।

जेठ १५ गते गणतन्त्र दिवसका दिन राप्रपाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका क्रममा महेन्द्रनगरको भानुचोकमा राप्रपाका केही कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला लगाएका थिए।

ती तस्बिर र भिडिओ सामाजिक संजालमा छ्यापछ्याप्ती भएका थिए। राप्रपाका दुई कार्यकर्तालाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

स्रोतः धनगढी खबर

प्रतिक्रिया दिनुहोस्