सीटीईभीटी का कर्मचारी चढेको जीप खस्दा तीन जना बेपत्ता, चालक पौडी खेलेर निस्कन सफल

मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा जीप सुनकोसी नदीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेको बा १ झ ७४६७ नम्बरको जीप काठमाण्डौबाट खोटाङ जाँदै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभएको छ ।

जीपमा चार जना रहेकोमा चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था थाहा नभएको उहाँले बताउनुभएको छ । बेपत्ता हुनेहरूमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक सहसचिव तनहुँको भानु नगरपालिका–९ का ५७ वर्षीय कृष्णबहादुर केसी, कार्यालयको योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद घुर्तेल र कार्यालयका विद्युत् प्रशिक्षक इलामका भानु पौडेल रहेका छन् ।

बेपत्ताहरूको खोजी कार्य कार्य जारी रहेको डीएसपी दाहालले जानकारी बताउनुभएको छ ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्