म्याग्दी जोमसोम कोरोला सडक कालोपत्रेले अब गति लिन्छ: सांसद थकाली

प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले म्याग्दी जोमसोम कोरोला सडकको कालोपत्रेका बजेट विनयोजनमा आफ्नो पहल सार्थक भएको बताएका छन् ।

दोस्रो गण्डकी प्रदेश स्तरिय परम्परागत ताराखेल प्रतियोगितामा सांसद थकालीले लागि आर्थिक ८० –८१ मा वर्षको बजेटमा कार्यक्रमको लागि एका अर्ब ५७ करोड सरकारले विनियोजन गरेको जानकारी दिएका हुन् । लामो प्रयास पछि सडक कालोपत्रेका लागि बजेट विनियोजन भएपछि यसले स्थानीयको दैनिकी र आर्थिक गतिविधिमा टेवा पुग्ने बताए । कार्यक्रममा सांसद थकालीले गण्डकी प्रदेश खेलकुद परिषद्ले जुन तदारुकताकासाथ खेल क्षेत्रलाई अगाडि बढाएको छ त्यो युवा पुस्ताका लागि निकै फलदायी हुने बताए ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले गण्डकीमा बिभिन्न स्थानमा आयोजना गरेको खेल अन्तरगत मुस्ताङको थासाङ –३ लेतेमा बुधबारदेखि सुरु भएको हो । परम्परागत तारा खेल परम्परागत खेल भएको भन्दै अहिले यो खेलमा जुन चासोको रुपमा अगाडि बढाइएको छ यसले स्थानीय खेलको जर्गेना हुनुका साथै यसले समाज र आफ्नो संस्कृतिमा थप आकर्षण बढ्दै जाने उल्लेख गरे ।

खेल बिहीबारसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्