प्रनिधिसभाको बैठक आज पनि बस्दै

Samsad Bhawan

संघीय संसद् प्रनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान एघार बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

 

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयलेजनाएको छ । नीति तथा कार्यक्रममाथि छलफल आईतबारवाट सुरु भएको हो। नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलसँगै सत्तारुढ सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । नीति तथा कार्यक्रममा छलफलका लागि पाँच दिनको समय निर्धारण गरिएको छ । छलफल सकिएपछि प्रधानमन्त्री दाहालले त्यसमा जवाफ दिने तालिका छ ।

 

प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते बजेट ल्याउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०\०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैविच
संघीय संसदको संयुक्त बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा संघीय संसद्को संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक अपराह्न चार बजे बोलाइएको छ । संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्न बैठक बोलाइएको हो ।।

प्रतिक्रिया दिनुहोस्