थाइल्याण्डमा खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु

उत्तर थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पु¥याउदा सम्पूर्ण संरचनाभत्किएको उल्लेख गरेका छन् । छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए । त्यहाँ कम्तीमा एक सयस्थानीय घर परिवारले आँधीका कारण भएको क्षति र थप मूल्याङ्कन भइरहेको भैहरेको छ ।

 

विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ । वर्षायाम शुरु भएसँगै थाइल्याण्डको मौसम विभागले
देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।प्रधानमन्त्री प्रयुत चान–ओ–चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण सङ्कलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।।

प्रतिक्रिया दिनुहोस्