एकदिवसीय विश्वकप छनोटको लागि २२ सदस्य टोलीको घोषणा

 

नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि नेपालको २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । रोल…

घोषणा टोलीमा नेपालले खासै परिवर्तन गरेको छैन । पछिल्लो समय बन्द प्रशिक्षणमा बोलाउँदै आएका खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएको छ । नेपालले एक हप्ताको बन्द प्रशिक्षणपछि अन्तिम तयारीको लागि अन्तिम टोली घोषणा गरेर दक्षिण अफ्रिका जानेछ । १० टोली सहभागी विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । नेपाल मे अन्तिममा जिम्बावे जानेछ । विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् ।

प्रतिक्रिया दिनुहोस्