ट्याक्टरबाट लडेर १ जनाको मृत्यु साथै मोटरसाईकल दुर्घटनामा १ जनाको ज्यान गयो

खोटाङ, जेठ ०८ गते
खोटाङको हलेसी तुवाचुङ नगरपालिका(१ को भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे कुर्लेबाट झापा तर्फ जाँदै गरेको को। २ त ४६७६ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय ५३ बर्षीय मकर ध्वज राई ट्याक्टरबाट लडी पछाडिको चक्काले किच्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न ट्याक्टर चालक मानेभन्ज्याङ गाउँपालिका(६ ओखलढुंगाका ३० बर्षीय बलध्वज राईलाई नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

साथै मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु छ

मोरङको विराटनगर महानगरपालिका ७ पिपल चोकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती साढे ११ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा। ७६ प ७८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई स्थानिय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किदा घाईते भएका मोरङको कटहरी गाँउपालिका २ का २७ बर्षीय सागर भगतको रेडक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्