१६ वर्ष पछि दुई जना बलात्कार गरी हत्या गर्ने लाई प्रहरी द्धारा पक्राउ

धरानमा १६ वर्ष अघि बलात्कार गरी हत्या गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साविकको धरान ५ हाल धरान १३ मा रहको बलभद्रेश्वर धर्मशालामा २०६४ मङ्सिर २३ गते २५ वर्षीया ललिता राईको शव फेला परेको थियो ।

मुख तथा योनीमा रगत निस्किएको र सडेको अवस्था शव फेला परे पनि उक्त समय घटनामा संलग्न रहेकाहरूको पहिचान हुन नसकेको र किटानी जारी समेत नपरेपछि अनुसन्धान पुरा हुन नपाएको बलात्कारपछि हत्या काण्डमा संलग्न भएको भन्दै प्रहरीले १६ वर्ष पछि दुई जनालाई पक्राउ गरेका इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताएका छन् ।

उनका अनुसार पक्रा पर्नेहरूमा

शनिबार पक्राउ गरेको धनकुटाको सहिदभुमी गाउँपालिका १ धाम बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् । डिएसपी मल्लका अनुसार घटना पछि फरार रहेका उनीहरू घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चन्द्रबहादुरले २०६४ मङ्सिर १९ गते मृतक ललितालाई धर्मशालाको कोठा नम्बर २१८ मा ल्याएर राखेको र चन्द्रबहादुर र कल्पनले  कोठा भित्र पालै–पालो पटक–पटक जबरजस्ती करणी गरी घाटी थिची  हत्या गरेको स्वीकार गरेको डिएसपी मल्लले बताएका छन् ।

पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत  सुनसरी जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

स्रोतः ब्लाष्ट खबर

प्रतिक्रिया दिनुहोस्