करिब ५ लाख भारतीय नोट सहित २ जनालाई पक्राउ

कपिलबस्तु प्रहरीले करिब ५ लाख भारतीय नोट सहित २ जनालाई पक्राउ गरेको छ ।

ट्याक्टरसंग ठोक्किएर मोटरसाईलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका.९ का ३५ बर्षिय मनोज कुमार गुप्ता र पछाडी सवार कृष्णनगर नगरपालिका.३ का ४४ बर्षिय सोम नाथ चौहान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो ।

तौलिहवाको बहादुरगंज जाने चोकमा बहादुरगंज बाट तौलिहवा तर्फ आउदै गरेको लु ७६ प ८५७ नं.को मोटरसाईल र बिपरित दिशा तर्फ जादै गरेको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर थियो । बहादुरगंज चोक स्थित एक बिर्यानी पसलमा खाएर मोटरसाईलमा सवार भए पछि कसैले पिछा गरेको भन्ने लागे पछि दुबै जना आत्तिएका थिए । आत्तिएर ट्याक्टरसंग मोटरसाईल ठोक्किएको थियो । घटनामा मोटरसाईकलमा सवार २ जना घाईते भएका थिए ।
दुबैले शंकास्पद गतिविधी देखाएपछी तत्कालै खान तलासी र चेकजाच गर्नेक्रममा मोटरसाईकलको लेगगार्डमा पहेलो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रुपैया बरामद भएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो । भारतिय रुपैया रु ५०० दरको १० गड्डी (९९९ थान ) नोट फेला परेको थियो ।

घटनाका बारे थप अनुसन्धान कार्य भईरहेको, उक्त मोटरसाईलक.तथा ट्याक्टर ट्याकटर चालक प्रहरी नियन्त्रणमा छन । घाईते दुबै जनाको कपिलवस्तु अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन । बरमद भारतीय नोट र पक्राउ परेको दुबै जनालई राजस्व अनुसंधान कार्यालय बुटवलमा पठाईने तयारी भएको प्रहरी उपरिक्षक बस्नेतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्