सुतेकै अवस्थामा पोर्चुगल पुगेका एक युवाको मृत्यु

वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुराका एक युवाको ज्यान गएको छ ।

 

खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा ज्यान गएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँ रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुग्नुभएको थियो । साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्