चन्द्रागिरिकी एक महिलाले पेट्रोल छर्केर आत्महत्या गरेकि छन 

काठमाडौं चन्द्रागिरिकी एक जना महिलाले आत्महत्या गरेकि छन

 रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षिया शान्ति श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको
 प्रहरी बिट थानकोटले जनाएको छ । उनि प्रहरी हवल्दारकी श्रीमती रहेको खुल्नमा आएको छ

प्रहरीका अनुसार श्रेष्ठले शुक्रवार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा जेठ ६ गते बिहान मृत्यु भएको हो । उनी मच्छेगाउँस्थित प्रहरी प्रभागमा कार्यरत एक प्रहरी हवल्दारकी श्रीमती हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतः नागरिक पाटी

प्रतिक्रिया दिनुहोस्