मेयर बालेन्द्र शाहले काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरेका छन

काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरेका छन, उनले हरेक शुक्रवार विद्यालयमा विद्यार्थिहरु सँगै बस्ने र उनीहरू सँग बसेर सिक्ने कार्य तालिका अनुरुप उनी शिवपुरी माध्यमिक विद्यालयको निरीक्षणमा गएर विद्यार्थिहरु संगै बसेर उनिहरुको गतिबिधीहरुको निरीक्षण गरेका छन ।

शनिवार सामाजिक संजाल फेसबुकमा केहि तस्विरहरु सार्वजनिक गदै उनले काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरेको बताएका छन

मेयर बालेन्द्र शाहको फेसबुक स्टाटस र फोटा सहितः

म काठमाडौं महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भए देखि नै शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका छौ। पछिल्लो समयमा हरेक शुक्रवार विद्यालयमा विद्यार्थिहरु सँगै बस्ने र उनीहरू सँग बसेर सिक्ने गरेको छु।

हिजो शुक्रवार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो। शिक्षामा सीप कार्यक्रम मार्फत विद्यार्थीहरू सँगै बसेर सिक्न मौका पाए। साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको सहभागिताको बारेमा पनि बुझ्नु पाइएको थियो।
शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेकट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन्। उक्त कार्यक्रममा प्रत्येक कक्षामा कक्षा ९ का ३० जना विद्यार्थीहरू सहभागी छन्।

उक्त अनुगमनमा विद्यार्थीलाई भविष्यको लागि तयार गर्न यसले पार्ने प्रभावको बारेमा बुझ्ने मौका समेत पाए। यसका साथै हामीले अडियो भिजुअल कक्षामा विद्यार्थीहरूको सहभागिता कस्तो छ भनेर पनि हेर्ने मौका पाएको थिए। साथै विद्यालयहरूको वर्तमान अवस्था, विद्यालयको समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा पनि जानकारी पाइयो। विद्यालयको भ्रमणको अन्त्यमा शौचालयको सरसफाइ र शौचालयको अवस्थाको समेत अवलोकन गरेको थिए।
त्यस्तै दिउँसो पद्मकन्या विद्याश्रम भ्रमण गरिएको थियो। उक्त विद्यालयमा सिपमा शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरू स्केचीङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रममा संलग्न भएका छन्। यस्तै ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरू पत्रपत्रिका पठन, भाषण तथा कविता, कला तथा खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशालामा सहभागी भएका पाइयो। यस्तै उक्त विद्यालयमा हामीले नेपालकै पहिलो विद्यार्थिहरुको ट्राफिक क्लब पनि स्थापना गरेका छौ।

प्रतिक्रिया दिनुहोस्