मेयर बालेन्द्र शाहले सुरु गरे नयाँ आइडिया बैङ्क कार्यक्रम

काठमाडौंका मेयर बालेन्द्र शाहले आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस र भिडियो पोष्ट गरेका छन र त्यस मा उल्लेख गरे अनुसार अब नयाँ सोच भएका व्यक्तीले काठमाडौं महानगरले दिएको लिन्क मा गएर आफ्नो नयाँ व्यवसायको सोच तेस्मा भरेर महानगरलाई दिन सकिन्छ

मेयर बालेन्द्र शाहको स्टाटस जस्ताको तेस्तै :

मेरो चुनावी घोषणापत्र तथा काठमाडौँ महानगरपालिकाको वर्ष २०७९।८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष/अदक्ष जनशक्ति , विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबसी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो। तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन , साथै तपाइ विद्यार्थी हुनुहुन्छ तपाइसँग महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छन् त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ। कसरी त्यसको Business Plan बनाउने Implementation Plan बनाउने ,कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ। विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ यस कार्यक्रममा जोडिनका लागि तल दिइएको लिङ्कमा क्लिक गरी आजै आवेदन दिनुहोस् ।आवेदन दिने अन्तिम मिति २०८०।०२।१९ गते रहेको छ।

प्रतिक्रिया दिनुहोस्