बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु छ भने अर्का एक घाइते

अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु भएको छ भने साथै एक घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको पोलमा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा किमडाँडाकै ३६ वर्षीय कृष्णबहादुर राना पोलबाट खसेर गम्भीर घाइते भएका हुन ।

उनको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको प्रहरीले जनाएको छ । अर्का घाइते किरन रानाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मुकुन्द रिजालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्