रुखबाट खसेर घाइते भएकी महिलाको मृत्यु

बैतडीमा रुखबाट खसेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बैतडी जिल्लाको बैतडीबैतडीकुजागाडकी ३७ वर्षिया बिमला भाटको ज्यान गएको हो।

 

पारिवारिक स्रोतका अनुसार गत बैशाख २३ गते आफनै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्।

घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको थियो। गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राति मृत्यु भएको बिमलाका देवर जय सिंह भाटले जानकारी दिए। बिमलाका घरमा श्रीमान, दुई छोरा र दुई छोरी रहेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्