लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

दमक नगरपालिका-४ अडिया महलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले १० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमालसमेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्