भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको ज्यान गएको छ

दैलेखमा भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको ज्यान गएको छ । गोली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको हिजो बेलुका ज्यान गएको हो ।

आफैँले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्