देउखुरीमा दुई बस आपसमा ठोक्किएर एक जनाको मृत्यु

दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । दाङको लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको लोकल बस र वीरगन्जबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको होे । उक्त दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका –७ निवासी २४ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डी.एस.पी राजन गौतमले जानकारी दिनुभएको छ ।

यस्तै दुर्घटनामा परी रुन्टिगढी गाउँपालिका ४ रोल्पा निवासी ९ वर्षिया बालक किरण विक,रुन्टिगढी गाउँपालिका ७ रोल्पा निवासी २० वर्षिया मिना पुन, रुन्टिगढी गाउँपालिका ७ होलेरी रोल्पाकी १८ वर्षिया रमा बस्नेत,उहाँको ११ महिनाका छोरा शिव बस्नेत,रुन्टिगढी गाउँपालिका ५ रोल्पाका ५० वर्षिया निम बहादुर बिक,रुन्टिगढी गाउँपालिका ८ झेनाम निवासी ९ वर्षिया बालक बिबेक नेपाली,सोही ठाउँ निवासी १५ वर्षिया तिलक नेपाली,२० वर्षिया पूर्ण बिक, १७ वर्षिया अर्जुन बिक, रुन्टिगढी गाउँपालिका ७ रोल्पा निवासी १९ वर्षिया सन्ध्या बिक,उहाँका २ वर्षिया छोरा प्रकाश बिक, सोही ठाउँ निवासी ४३ वर्षिया निमा थापा, २० वर्षिया लक्ष्मी थापा र उहाँकी एक महिने छोरी घाईते भएको डी.एस.पी गौतमले जानकारी दिनुभयो ।

यस्तै दाङको राप्ति गाउँपालिका ६ की २२ वर्षिया सिम्रन चौधरी, दाङको लमही नगरपालिका ९ निवासी १९ वर्षिया किरण रमिलाल, तुसीपुर उपमहानगरपालिका ५ निवासी २५ वर्षिया परख खड्का, तुसीपुर उपमहानगरपालिका १६ निवासी २० वर्षिया सरोज गिरी, सोही ठाउँ निवासी २२ वर्षिया गोपाल पुन, २३ वर्षिया पार्वती पुन,उहाँकी १८ महिनाकी छोरी लक्ष्मी पुन घाईते भएको प्रहरीले जनाएको छ ।
यस्तै ना ५ ख ४८९८ नम्बरको बस चालक बिरगन्ज उपमहानगरपालिका १५ पर्साका ५४ वर्षिया बलबिर सिंह,सोही बसका सहचालक सर्लाहीको हरीवन नगरपालिका ९ निवासी ५२ वर्षिया कृष्ण भण्डारी र सर्लाही नगरपालिका ३ सर्लाहीका ४५ वर्षिया पप्पु खान घाईते भएका छन् ।

यस्तै कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ का ३३ वर्षिया चन्दुराम थारु,कलैया उपमहानगरपालिका ७ बाराका ५० वर्षिया गफार मिँया, बिरगन्ज उपमहानगरपाकिा ८ पर्साका २१ वर्षिया राजाबाबु साहु सुनार, भारत मोतियारीका २० वर्षिया साहिल जेहन,ढकारी गाउँपालिका १ अछामका २४ वर्षिया मनिसा थापा,उहाँका श्रीमान् २६ वर्षका सागर थापा,त्रिवेणी गाउँपालिका २ रुकुम पश्चिमका २१ वर्षिया दिपेन्द्र बुढाथोकी, त्रिवेणी गाउँपालिका १ रुकुम पश्चिमका ६० वर्षिया आशाराम घर्ति,बाँफिकोट नगरपालिका ४ रुकुम पश्चिमका ४८ वर्षिया पञ्चलाल परियार घाईते भएका छन् ।

यस्तै लोकल बसमा चालक र सहचालक गरी २ जना मात्रै सवार रहेको र चालक लमही नगरपालिका ९ का २५ वर्षका तुलसीराम रामियाल घाईते भएको डी.एस.पी गौतमले जानकारी दिनुभयो ।

घाईते मध्ये गम्भिर अवस्थाका ७ जनालाई सामान्य उपचार पछि थप उपचारका लागी भैरहवा,एक जनालाई नेपालगञ्ज र अन्य सबैको फलोरेन्स अस्पताल लमहीमा दाङमा उपचार भईरहेको छ भने एक जना उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्