नक्कली शरणार्थी प्रकरणमा मुछिएका थप एक जना पक्राउ परेका छन् ।
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई सिंहदरबार परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मियाँलाई पनि काठमाडौं प्रहरी परिसर टेकु लगेर आजैबाट अनुसन्धान थालिएको छ । हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला मियाँलाई प्रहरीले आज बिहान ऊर्जा मन्त्रालय नजिकैबाट पक्राउ गरेको हो ।
हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ ७ मा हज कमिटिको अध्यक्षमा नियुक्त गरेका मियाँको कार्यकाल त्यसपछिका गृह मन्त्री बालकृष्ण खाँणको पालामा २ वर्ष थपिएको थियो ।
प्रतिक्रिया दिनुहोस्