प्रधानमन्त्रीज्यु पुष्पकमल दाहाल “प्रचण्ड” लाई नेपाल सुपर लिग द्धारा प्रेस विज्ञप्ती बुझाइयो

नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्माननिय प्रधानमन्त्रीज्यु पुष्पकमल दाहाल “प्रचण्ड” लाई
बालवुटार स्थित प्रधानमन्त्री निवासमा भेट गरि खेल क्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोषको (CRS) रकम
प्रयोग गर्नको लागि पहल गरिदिनु हुन र CRS कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल
क्षेत्रमा पु¥याउन सक्ने सकारात्मक प्रवाभह?को विषयमा ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्रीज्युपनि यस विषयमा सकारात्मक रहेको जानकारी गराउनु भएको थियो । उक्त्त अवसरमा अध्यक्ष चौधरीले
नेपाल सुपर लिगले नेपालि खेल क्षेत्रमा निजि क्षेत्रलाई जोडदै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउनेर
उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपालि खेल क्षेत्रलाई थप व्यवसायिक र अन्तराष्ट्रियकरण गर्न प्रयास गरिरहेको भन्ने
वारे जानकारी गराउनु भयो । उक्त्त अवसरमा नेपाल सुपर लिगका प्रवन्धक निर्देशक श्रीयान्स कार्की र CEO सुदिप
शर्माको पनि उपस्थिति रहेको थियो ।

नेपाली खेल क्षेत्रले असिमित सम्भावना बोकेको छ । सिमित स्रोत, साधन र लगानीको वावजुद पनि नेपाली खेलकुद
क्षेत्रले सधै उल्लेखनिय उपलब्धिहरु हासिल गर्दै आएको छ । भर्खरै नेपाली क्रिकेटले अन्तराष्ट्रिय स्तरमा जुन छाप
छोड्न सकेको छ त्यो आफैमा एतिहासिक रहेको छ । यदि सम्पुर्ण खेलकुद क्षेत्रमा उचित लगानि र निजि क्षेत्रलाई पनि
सम्मिलित गराउने हो भने समग्र नेपालि खेलकुद क्षेत्रले काँचुली फेर्न सक्छ । खेलाडी र खेलकर्मीहरु खेलेर जिवन
निर्वाह गर्ने वातावरण वनाउन सकिन्छ । त्यसको लागि व्यवसायहरुको समाजिक उत्तरदायित्वमा छुट्टाइएको रकमलाई
खेलकुद क्षेत्रमा खेल र खेलाडीको प्रोत्साहनमा प्रयोग गर्न पाइने नियम लागु गर्न सकिएमा यस निर्णयले खेलकुद क्षेत्रमा
लगानी बढन गई समग्र खेलकुद क्षेत्रलाई उकास्न सहयोगि सावित हुनेछ ।

प्रेस विज्ञप्ती उल्लेख गरिइका कुराहरु यस्ता थिए

संयुक्त राष्ट्रसंघले खेलकुदलाई दिगो विकासका लागि महत्वपूर्ण सहयोगी मानेको छ । खेलकुदले सहिष्णुता र सम्मान
मात्रै बढाउँदैन, यसले महिला, युवा र समुदायलाई सशक्तिकरण गर्न र स्वास्थ्य, शिक्षा र सामाजिक समावेशी उद्देश्यहरूमा
पनि योगदान पुर्याउँछ । तसर्थ, खेलकुद क्षेत्रमा CRS कोषको रकम विनियोजन गर्न दवाब बढदै गएको छ्।
सरकार र निजि क्षेत्रको प्रत्यक्ष संलगनताबाट गरिने यो नविनतम प्रयासले नेपाली खेल क्षेत्र र खेलाडीहरुको स्तर उकास्ने
छ र दिर्घकालिन रुपमा नेपाली खेल क्षेत्रले अन्तराष्ट्रियरुपमै देशको नाम उच्च गर्न सफल हुनेछ । तसर्थ ढिला
नगरिकन आउने आर्थिक बर्ष देखि लागु हुने गरि व्यवसायको सामाजिक उत्तरदायित्वCorporate Social
Responsibility (CSR)मा विनियोजित रकमलाई खेलकुद क्षेत्रमा पनि लगानी गर्न पाउने नियम लागु गर्ने निर्णय
गराई नेपाली खेलकुद र खेलाडीको भविष्यलाई स्वर्णिम वनाउने कार्य अगाडी वढाइ दिन हुन NSL परिवार नेपाल
सरकार संग विनम्र अनुरोध गर्दछ ।

नेपाल सुपर लिग यस प्रयासलाई निरन्तरता दिइरहने प्रतिवद्धता गर्दै सवै सरोकारवालाहरु संग एकतावद्ध भइ यस
कार्यमा सम्मिलित हुन र आ–आफ्नो ठाउँबाट आवश्यक पहल गरिदिनु हुन पनि अनुरोध गर्दछु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्