आज शेयर बजारमा वृद्धि भएको छ

शेयर बजारमा आज वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २६६ स्टकको २५ हजार ६३४ पटकको कारोबारमा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको २५ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, आज नेपाल टेलिकम र एनआईसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सो लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।

आज ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । माइ खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९३ प्रतिशत घटेको छ भने यूनिक नेपाल लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ ।

त्यसैगरी, आज वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ भने विकास बैंक, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्