बार्सिलोनाले ला लिगाको उपाधि जितेको छ।

आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४–२ ले पराजित गरेपछि बार्सिलोना च्याम्पियन बनेको हो । ३४ खेलबाट बार्सिलोना ८५ अंक जोडेको शीर्ष स्थानमा छ । समान खेलबाट रियल ७१ अंकसहित दोस्रो स्थानमा छ ।

अब बार्सिलोनाले बाँकी खेल हार्दासमेत रियलले भेट्ने छैन । १२ अंकका लागि खेल्न बाँकी हुँदा बार्सिलोनाले १४ अंकको अग्रता बनाइसकेको छ ।

बार्सिलोनाले सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो । क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि पनि बार्सिलोनाको यो पहिलो उपाधि हो ।

बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अलेजान्द्रो बाल्डे र जुल्स कोउन्डेले एकरएक गोल गरे । बार्सिलोनाले पहिलो हाफमै तीन गोल गरेको थियो । लेवान्डोस्कीले ११औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा बाल्डेले अग्रता दोब्बर पारे भने लेवान्डोस्कीले ४०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरे ।

५३औं मिनेटमा कोउन्डेले गोल गर्दा बार्सिलोनाले ४-० को अग्रता बनायो । स्पानयोलका लागि जाभिएर पाउडो र जोसेलुलु गोल फर्काए पनि बार्सिलोनालाई जितबाट रोक्न सकेन ।

प्रतिक्रिया दिनुहोस्