भारतीय एसएसबी हतियारसहित नेपाली भूमिमा प्रवेश

भारतीय सीमा सुरक्षा बल एसएसबी हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको छ ।

आइतबार अन्दाजी साढे १२  बजेको समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले लागू औषध बोकेर नेपालतर्फ आउँदै गरेको भन्दै उक्त व्यक्तिलाई पक्राउ गर्न सीमा नाका भन्दा अन्दाजी ५ किलोमिटर भित्र प्रवेश गरेको कोसी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष साह जमालले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको चार पाङ्ग्रे गाडीमा तीन जना एसएसबी हतियार सहित नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई डर त्रास देखाउने काम गरेको उनको भनाइ छ ।

लागू औषध बोकेको व्यक्ति पक्राउ नभए पनि एसएसबी फर्किने क्रममा कोसी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष साह जमालको नेतृत्वमा अन्दाजी स्थानीय १५/२० जनाको सङ्ख्यामा रहेका सर्वसाधारणले नेपाली भूमिमा प्रवेश गरेका एसएसबीलाई रोकेका थिए । सो क्रममा गाडीमा सवार मध्ये हतियार लिएर दुई जना भाग्न सफल भएको र एक जनालाई स्थानीयले पक्राउ गरेको स्थानीयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्