तीन लाख मुल्य बराबरका अवैध सामान बरामद

कञ्चनपुरबाट प्रहरीले झण्डै तीन लाख मुल्य बराबरका अवैध सामान बरामद गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नं.४ चमनचोकबाट आज विहान भन्सार छलीका सामान बरामद गरिएको हो । प्रहरी टोलीले बिशेष सुराकीको आधारमा विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल समेत बरामद गरेको छ । करिब दुई लाख ८४ हजार हजार दुईसय ३० मुल्य बराबरका अवैध समान प्रहरीले बरामद गरेको हो ।

भन्साल छलीमा संलग्न एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित ती व्यक्तिलाई भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्