झापाको कमल गाउँपालिकाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।
झापा कमल गाउँपालिका–६ स्थित भित्रि सडक खण्डमा शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को १ त ७९६८ नं। को ट्याक्टरलाई शंका लागेर चेकजाँच गर्दा उक्त ट्याक्टरमा लोड भएको ५४।३२ क्युफिट सखुवा जातको काठ बरामद गरेको हो ।
काठको २ लाख ७० हजार र ट्याक्टरको ८ लाख मूल्यांकन गरी ट्याक्टर र काठलाई आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्