झापाको दमक र बिर्तामोडबाट प्रहरीले दुईजना महिलालाई गाँजामहिला पक्राउ गरेको छ ।
दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र सशस्त्र प्रहरी बल बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले वर्ष ६५ की फुलमाया लिम्बु राईलाई १७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, शुक्रबार प्रहरी पोस्ट नयाँ बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ सुकुम्बासी बस्तीकी ६० वर्षीया सैरुन खातुन भन्ने चम्फा चौधरीले बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याकगरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । गाँजासहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्