बालेनले फेरि एकपटक नेताहरूविरुद्ध अमर्यादित भाषा प्रयोग गरे

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले फेरि एकपटक
नेताहरूविरुद्ध अमर्यादित भाषा प्रयोग गरेका छन् ।

बालेनले भ्रष्टाचारविरुद्धको प्रदर्शनलाई लक्षित गर्दै भने यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै
प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी गरेका हुन । नाकट देखाउनुभन्दा
भ्रष्टाचारीलाई सिधै बागमतीमा चोपल्नुपर्ने शाहको भनाइ छ ।।

उनको भनाई जस्ताका तेस्तै :
भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

प्रतिक्रिया दिनुहोस्