नर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा
उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने भएको छ ।
उम्मेदवारले आयोगमा बुझाएको खर्च विवरण तोकिएको खर्च सीमाको
परिधिभित्र छन् । तर उम्मेदवारले चुनाव जित्न सीमाभन्दा बाहिर गएर खर्च
गरेको गुनासो बढेपछि आयोगले प्रतिनिधिमूलक लेखा परीक्षण गराउने तयारी
गरेको हो । सीमाभन्दा बाहिर गए रकमकै बलमा चुनाव जित्ने प्रवृत्तिले
प्रोत्साहन पाउँदा निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठाउँदै आएका
छन् ।
तर आयोगले अब खर्च विवरणको वास्तविकता आउने गरी लेखा
परीक्षण गराउने तयारी गरेको हो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा
सदस्य निर्वाचन २०७९ मा पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फ
देशभरि पाँच हजार ६ सय ३६ जना उम्मेदवार थिए । प्रतिनिधि सभा र प्रदेश
सभाका ३७÷३७ जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । खर्च
विवरण बुझाउने पाँच हजार ५६२ जना उम्मेदवार छन् । सबै उम्मेदवारको
खर्च विवरणको लेखा परीक्षण गराउन सम्भव नभएकाले प्रतिनिधिमूलक
उम्मेदवारको परीक्षण गर्ने तयारी गरेको छ ।
आयोगले खर्च विवरण बुझाएका उम्मेदवारलाई गत वैशाख ६ गतेदेखि १२ गतेभित्र विवरण सार्वजनिक गर्न
समयसीमा तोकेको थियो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न
पाउने अधिकतम खर्च ३३ लाख रुपियाँ हो । प्रदेश सभा सदस्यका लागि सो
सीमा २३ लाख रुपियाँको हो ।
तर चुनाव जित्न खर्च सीमाको परिधिभन्दा बाहिर उम्मेदवारले खर्च गर्दै आएका छन्।।
प्रतिक्रिया दिनुहोस्