७० वर्षे इतिहासमै सबैभन्दा बढी ले लिए सगरमाथाक चडने अनुमति

सगरमाथाको चडन बाटो खुलेर मौसम अनुकूल भएसँगै धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने
तयारीमा रहेका लागेका छन । शनिवारदेखि आरोहीहरु चुचुरोतर्फ अघि बढेका
हुन ।

सगरमाथाको आधार तथा दोस्रो शिविर आसपासमा आरोहणका लागि
सयौं आरोही तयारी अवस्थामा रहेका हुन । वसन्त ऋतुमा आरोहणका लागि
सगरमाथा आरोहणको ७० वर्षे इतिहासमै सबैभन्दा बढी ४४ आरोहण दलका
९८ महिलासहित ४ सय ६७ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा
नेपालसहित ६५ देशका नागरिक रहेको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा आरोहणको इतिहासमा हालसम्म सात हजारभन्दा बढी स्वदेशी तथा
विदेशीले आरोहण गरेका छन् भने हालसम्म तीन सयभन्दा बढी आरोहीले
ज्यान गुमाएको तथ्यांक छ । यो सिजनका लागि मे १४ देखि २० सम्मको
मौसम अनुकूल हुने मानिएको छ ।

यसअघि वैशाख २० गतेदेखि मौसममा
खराबी आएका कारण आरोहण हुन सकेको थिएन ।।

प्रतिक्रिया दिनुहोस्