हत्या गरी फ्यालिएको अवस्थामा एक युवाको शव भेटिएको छ

रुपनी गाउँपालिका बडा नं १ रुपनी राजविराज खण्डको रुपनीमा हत्या गरी फ्यालिएको अवस्थामा एक युवाको शव भेटिएको छ ।

शम्भुनाथ नपा २ बस्ने लुकमान को छोरा वर्ष अन्दाजी वर्ष २४ को मो तफेजुलको शव रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा आइतबार बिहानै प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

शनिवार बिहान घटनास्थलमा प्रहरी टोली पुगेर उक्त घटनाबारे थप अनुसन्धान गरिरहेका छन् भने घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारिएको छ । महिलाहरूको ठुलो सङ्ख्याले अवरुद्ध पारिएको सडक खण्डलाई प्रहरी सुरक्षा खुलाउन लागि परेको छ ।

अत्यावश्यक सवारी साधनहरू प्रहरीको सुरक्षा दिँदै अत्यावश्यक सवारी साधनहरूको लागि अवरोध हटाउँदै आएको प्रमुख कार्कीले बताउनुभएको छ । रुपनी बजार क्षेत्रमै वर्ष दिन भित्र यो सहित यस प्रकारको तीन वटा हत्या भइसकेको हो ।

प्रतिक्रिया दिनुहोस्