नेपाली नक्कली नोट भारत मा छपाई ६ जना नोट बनाउने उपकरण सहित पक्राउ

 भारतको बहराइच जिल्लाको बाबागन्जमा ६ जना नक्कली नोट र नोट बनाउन प्रयोग हुने उपकरण सहित पक्राउ परे । 

 

रुपैडिहा थाना र एटिएसको संयुक्त टिमले ५२ हजार भारतीय रुपैयाँ र ५ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित ५ जनालाई पक्राउ गरेको बहराइच प्रहरीले जानकारी दिएको छ ।

 

बहराइच प्रहरी प्रमुख, पुलिस सुपरिटेन्डेन्ट प्रशान्त बर्माको निर्देशनमा खटिएको संयुक्त टोलीले नक्कली नोट बनाउन प्रयोग हुने ल्यापटप, प्रिन्टर, कैची, जालीनोट बनाउन प्रयोग हुने कागज, ५ थान मोबाइल लगायतका सामाग्री बरामद गरेको हो ।
बाँकेमा पनि यसअघि नक्कली नोट सम्बन्धी दुई वटा घटना प्रहरीले फेला पारेको थियो । बाँकेमा चालु आर्थिक बर्षमा प्रहरीमा खोटा चलनका ३ वटा मुद्दा दर्ता भएका छन् ।

गत फागुन पहिलो साता बाँके प्रहरीले एक हजार दरका १ हजार ५ सय ६९ थान नक्कली नोट सहित कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाईं, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३० वर्षीय दीपक बिसी र सल्यानको नवगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानालाई पक्राउ गर्यो ।

नेपालगन्ज न्यूरोडमा चेकजाँचका क्रममा उनीहरुसँग ठूलो परिणाममा नक्कली नोट फेला परेको थियो । प्रहरी अधिकारीहरुले नक्कली नोट बजारमा समेत गैसकेको हुनसक्ने आशंका गरेका थिए ।

त्यस अघिगत माघमा नेपालगन्जको एउटा होटलबाट ५० रुपैयाँ दरका केही थान नक्कली नोट प्रहरीले बरामद गरेको जानकारी दियो । पुस २९ गतेदेखि होटेलमा बसेका एक व्यक्तिले होटेलमा बसेर नक्कली नोट छपाइ गरेको भेटिएको थियो ।

३० गतेसम्म होटेलमा आउने र जाने गरेका व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले नक्कली नोट सहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको थियो । घटनामा प्रहरीले कसैलाई पक्राउ गरेको सार्वजनिक गरेन । बाँके प्रहरीले घटना नेपालगन्ज भन्सारका जिम्मा लगाएको बताएको छ ।

पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको आशंका गरिएको छ । नक्कली नोट फेला परेमा सामाजिक सञ्जालमा पोष्ट गर्ने तर प्रहरी तथा सरोकारवाला निकायमा उजुरी नगर्दा नक्कली नोट सेवाग्राहीको हातसम्म पुगेपनि घटना बाहिर आउन सकेका छैनन्

जालीनोटको पहिचान कसरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा राष्ट्र बैंकले आफ्नो वेभसाइटमा लेखेको छ, ‘

 

प्रतिक्रिया दिनुहोस्