कोहलपुरमा एक युवकको नदीमा डुबेर ज्यान गयो

बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर ज्यान गएको छ ।

 

कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार शनीवार ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँने क्रममा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् ।

प्रहरीका अनुसार कमल साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए । उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए । घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्