युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोप फ्रान्सिस लाई भेट गर्न पुगे

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रोम भ्रमणमा छन् जहाँ उनले राजनीतिक नेताहरूलाई भेट्ने छन् र पोप फ्रान्सिससँग पनि भेट गर्ने छन्।

युक्रेने विजयको नजिक रहेको बेला युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की ट्वीट गर्दै आफु इटालीको राजधानी आइपुगेको जानकारी जेलेन्स्कीले दिएका थिए। उनले इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, राष्ट्रपति सर्जियो माटारेल्लालाई भेट्ने र पछि शनिबार भ्याटिकन जाने बताएका छन। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सुरक्षाको लागि एक विशाल सुरक्षा तयार गरिएको छ, १०० भन्दा बढी पुलिस तैनाथ गरिएको छ र रोममा नो–फ्लाई जोन घोषाण गरिएको छ।

पोप फ्रान्सिसले प्रायः भ्याटिकन रुस र युक्रेनबीचको द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । उनले भ्याटिकनले युद्ध अन्त्य गर्न शान्ति योजनामा ​​काम गरिरहेको बताए साथै यो मिसन अझै सार्वजनिक भएको छैन। जब यो सार्वजनिक हुन्छ, म यसको बारेमा कुरा गर्नेछुउनले भने । तर युक्रेन र भ्याटिकन बीचको सम्बन्ध कहिलेकाहीं असहज हुने गरेको छ ।

गत अगस्टमा, भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको आलोचना गर्ने असामान्य कदम चालेका थिए जब पोन्टिफले कार बमद्वारा मारिएकी रूसी एक उच्चपदकी व्यक्तित्वकी छोरी दर्या डुगिनालाई मारियको थियो तर मारिने उनलाई निर्दोष रूपमा उल्लेख गरे। । रसियाले युक्रेनमा आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्की र पोप फ्रान्सिसबीच शनिबार पहिलो पटक भेट हुनेछ । यस भन्दा अघि २०२० मा दुबैको भेट भएको थियो। रुसले रातारात कीभ र अन्य युक्रेनी सहरहरूमा हवाई आक्रमण गरेपछि यो भ्रमण भएको हो।

त्यस हवाई आक्रमणबाट दक्षिणी सहर माइकोलाइभ र पश्चिमी सहर खमेलनित्स्कीमा तीन जना घाइते भएका छन् । घर र सरकारी भवनहरू पनि प्रभावित भएका छन्।

पूर्वी युक्रेनको फ्रन्ट लाइनबाट करिब ९० किलोमिटर पछाडि रुसले कब्जा गरेको सहर लुहान्स्कमा शुक्रबार विस्फोट भएको खबर आएको थियो । यस क्षेत्रका रुसी समर्थित पृथकतावादी सेनाहरूले कीभमा स्टर्म स्याडो मिसाइलहरू प्रयोग गरेको आरोप लगाए छन, जसलाई बेलायतले यस हप्ताको सुरुमा युक्रेनलाई आपूर्ति गरेको बताएको थियो।

 

प्रतिक्रिया दिनुहोस्