जेठ १ गतेदेखि मेलम्चीको पानी रोकिने

मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा मर्मतका लागि केही समयपानि रोकिने भएको छ

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्