अबैध काठ सहित २ जना मानिस पक्राउ

कैलाली बर्दगोरिया गाउँपालिका अबैध काठ सहित २ जना मानिस पक्राउ परेका छन

२९ गते साझ ५् बजेको समयमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली जानकी गाउँपालीका वडा नं. ७ मुनुवा स्थित सडक खण्डमा जिल्ला कैलाली बर्दगोरिया गाउँपालिका वडा नं. ५ बस्‍ने बर्ष २६ को अनिल कठरियाले चलाएको से १ त ३२२३ नम्बरको ट्याक्टरमा जडान गरिएको सु.प.प्र. ०१–००२ त ६१२६ नम्बरको ट्रालिमा अबैध रुपमा सालको जस्तो देखिने कडी थान ६४ र सालको जस्तो देखिने फ्रेम थान २६ लुकाई छिपाई लैजादै गरेको अबस्थामा फेला पारी उक्त ट्याक्टर र काठ प्रहरी टोलीले बरामद गरि ट्याक्टर चालक अनिल कठरिया र ट्याक्टर धनि धन बहादुर बि.क.लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि शव डिभिजन कार्यालय टीकापुर पठाएको छ

प्रतिक्रिया दिनुहोस्