नेपाल टेनिस टोली बंगालदेश जाने

आईटीएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली छनोट) मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

मे १४ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदासले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य छन् । टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, सदस्य अजय विष्ट र जयजिब हाडालगायतले सातदोबाटो टेनिस कम्प्लेक्समा शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्