स्किब्स र इबीए क्वाटरफाइनलमा

स्किब्स र इडेन ब्रिज एकेडेमी (स्किब्स) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्किब्सले फेरिल्यान्डलाई १३–११ ले पराजित ग¥यो । स्किब्सको जितमा सुहान तामाङले ९ अंक योगदान गरे । निकेश मगरको ७ अंक सहयोगमा इबीएले सेबलाई १६–९ ले हरायो । सिद्धार्थ पनि ग्रिनल्यान्डलाई १३–१० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुग्न सफल भयो । सिद्धार्थका सविन तामाङले ५ अंक जोडे ।
सिनियर गल्र्समा दोहोरो जित निकाल्दै भ्याली पब्लिक क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । भ्याली पब्लिकले पृथ्वीमाथि २८–१५ को जित दर्ता ग¥यो । विजेताकी लोरिशा गौचनले १० स्कोर गरिन् । अर्को खेलमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३०–१० ले पन्छायो । भ्याली पब्लिककी अनिता गुरुङले ११ अंक जोडिन् । सिनियर गल्र्समै नेपाल मोडेलले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १५–११, फेरिल्यान्डले बेल मोन्टलाई २४–१० र काठमाडौं ग्लोबलले ह्वाइट माउन्टेनलाई १४–११ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । नेपाल मोडेलकी चुनिमा गुरुङले ८, फेरिल्यान्डकी स्नेहा महतले १० र काठमाडौं ग्लोबलकी नेम्का हमालले ५ अंक जोडे ।
सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा नेपाल मोडेलले काठमाडौं ग्लोबललाई १३–७ ले पराजित ग¥यो ।

प्रतिक्रिया दिनुहोस्