६७ हजार नगदसहित तीन जुवाडे पक्राउ

कैलालीको धनगढीमा नगदसहित तीन जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं. १ बसन्तटोलका डबलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय जनक देउवासहित ३ जना पक्राउ परेका हुन् । उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र एक गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्