मोटरसाइकलसहित ६ लाखको समान बरामद

धनगढीमा मोटरसाइकलसहित ६ लाखको समान बरामद गरिएको छ ।

 

धनगढी उपमहानगरपालिका-१० को जुगेडाबाट भारतीय नम्बरको पल्सर मोटरसाइलसहितको अवैध समान बिहीवार बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्लाको संयुक्त टोलीले अवैध समान बरामद गरेको जानकारी दिए । बरामद गरिएका समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्