आगलागी हुँदा झण्डै तीस लाख रुपैयाँ वरावरको क्षति

बिर्तामोड–४ स्थित भद्रपुर बस स्टेण्ड नजिकै रहेका चिमरिया किराना पसल र नवर्दा देवी हेल्मेट एण्ड पाट्र्समा आगलागी हुँदा झण्डै तीस लाख रुपैयाँ वरावरको क्षति भएको हो ।

आगलागीका कारण गोपाल चिमरियाले सञ्चालन गरेको चिमरिया किराना पसलमा १५ लाख रुपैयाँ बरावरको क्षति भएको र मीरा उप्रेती भट्टराईले सञ्चालन गरेको नर्वदादेवी हेल्मेट एण्ड पाट्र्समा १४ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

आगलागीका कारण दुवै पसलमा भएका सामग्री जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगलागी स्थानीयबासी, प्रहरी र बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण पसलमा क्षति पुगेपछि बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहितको टोलीले अनुगमन गर्दै संघबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्