दोस्रो दिन आज पनि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन आज पनि बस्दैछ। आज बिहानबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बिहान ८ बजेदेखि १२ बजेसम्म ८ समूहमा छलफल हुने एमालेले जनाएको छ।

बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष अमृत बोहोराले, अनुसन्धान आयोगको अध्यक्ष केशव बडालले, लेखा आयोगका पुष्प कँडेलले, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आफ्नो भनाईसहित प्रतिवेदन पेश गरेका थिए।

आज बाग्मती, गण्डकी र उपत्यका विशेष कमिटीको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।बाँकी प्रदेशको प्रतिवेदन सुनिसकेपछि ८ वटा समूह बनाएर छलफल गरिने पनि उनले बताए। छलफलका लागि सात वटा प्रदेशको सात समूह तय भएको छ।

यसैगरी मिसन ग्रासरुट अभियानको समीक्षात्मक प्रतिवेदन सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको योगेश भट्टराईले र कोशी प्रदेशको राजेन्द्र गौतमले प्रस्तुत गरेका थिए। बिहीबार प्रतिवेदन पेश हुन बाँकी रहेका प्रदेशले पेश गरेपछि समूहगत छलफल हुने प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

१० एजेण्डा तय गरेर बोलाइएको एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक शनिबारसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्