गैंडाका दुई बच्चा मृत अवस्थामा भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा मृत फेला परेका छन् ।

 

निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो ।

खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।

यस्तै, वैशाख २७ गते सौराहा सेक्टरको राप्ती नदी क्षेत्रको पटना भन्ने ठाउँमा साढे २ बर्षको भाले गैंडाको बच्चा मृत फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्