बेलायतले युक्रेनलाई पठायो Storm Shadow cruise missile

बेलायतले युक्रेनलाई रुसी सेनाविरुद्ध लड्न माग गरेको लामो दुरीका क्षेप्यास्त्रहरू पठाएको को पुष्टि गरेको छ।

निर्माताका अनुसार स्टर्म छाया क्रुज मिसाइलको दुरी २५० किलोमिटर १५५ माइल भन्दा बढी छ। यस भन्दा पहिले अमेरिकाले पठाएको हिमर्स मिसाइलले ८० किलोमिटर ९५० माइल० सम्म प्रहार गर्न सक्थ्यो। बेलायतले युक्रेनलाई पठाएको लामो दुरीका नयाँ क्षमताका क्षेप्यास्त्रहरूले रुस विरुद्ध प्रतिआक्रमणगर्न धेरै सहयोग गर्ने छ।

The Storm Shadow cruise missile ले लामो दायरापनि प्रहार गर्न सक्छ यस्ले गर्दा युक्रेनी पाइलट फ्रन्टलाइनमा रहेर युद्ध गर्न सक्छन। यस क्षेप्यास्त्रमा इन्फ्रा–रेड सिस्टम प्रयोग गरियको छ जस्ले गर्दा शत्रुलाई सजिलै रडारबाट पहिलै पत्ता लगाउन सहयोग गर्छ। तेहाँका एक अधिकारी वालेसले भने कि यि नयाँ मिसाइलहरूले युक्रेनलाई युक्रेनी सार्वभौमसत्ता क्षेत्रबाट रूसी सेनाहरूलाई पछाडि धकेल्ने छ

फेब्रुअरीमा, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्रहरू पठाउनको लागि तयार रहेको बताएका छन,The Storm Shadow cruise missile बेलायती र फ्रान्सेली वायु सेना दुबैद्वारा संचालित छन र यो क्षेप्यास्त्र पहिले खाडी, इराक र लिबियामा प्रयोग भइसकेको छ।

बेलायतले उपलब्ध गराएको मिसाइलहरू विमानबाट मात्र हान्न सकिन्छ, तर फ्रान्सेली मिसाइलहरू जहाज र पनडुब्बीबाट प्रहार गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्