सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

बमोरङको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाँउपालिका–६ बिराटचोक सडक खण्डमा प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई बा। प्र.०३–००१ ख ७४०२ नम्बरको टिफरले ठक्कर दिदा स्कुटर चालक झापा अर्जुनधारा नगरपालिका–७ का ४२ बर्षीय जिबन दाहालको घटना स्थलमा नै मृत्यु भएको हो ।

यसै गरी रंगेली नगरपालिका–५ स्थितमा प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार रतुवामाई नगरपालिका५ की ५० बर्षीया मानकी देवी साह घाईते भई उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न टिफर चालक २८ बर्षीय सुरज कुमार माझी र मोटरसाईकल चालक दिनेश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्