पेस्तोल सहित १ जना पक्रउ

नेपालगंज उपमहानगरपालिका १२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल सहित पक्रउ १ जना परेका छन

पेस्तोल १ थान सति सोही पेस्तोलको गोली १ राउण्डसहित बर्दिया बाँसगढी नगरपालिका ८ बस्ने २८ वर्षीय सुमन रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पेस्तोलर गोली सहित उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्