रुपन्देहीमा अवैध ४२ बोरा चिनी बरामद गरियो

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध ४२ बोरा चिनी बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मंगलबार मायादेवी गाउँपालिका वडा नम्बर ६ बेथरीबाट अवैध चिनी नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी अवैध रुपमा ल्याई लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको ४२ बोरा प्रतिबोरा ५० केजी बरामद गरेको हो ।

बरामद गरिएको चिनी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपक कुँवरले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्